image_namunanews.com

नुवाकोटमा पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीप्रती जनताको आकर्षण बढ्दै गएको छ । शान्ती सुरक्षा, सुशासन र बिकासमा काङ्ग्रेस नेताहरु पहिल्यै असफल भईसकेको तथा अहिले नेकपाको नेतृत्वबाट पनि बिकाश र समृद्धी सम्भब देखिन छोडेपछी जनताको आशा राप्रपातर्फ बढ्दै गएको देखिएको छ ।

संगठन विस्तारकै क्रममा शनिबार राप्रपा अध्यक्ष एवम नुवाकोटको बिकाशका धरोहर डा. प्रकाशचन्द्र लोहनीको उपस्थितमा शिवपुरी गाउपालिका वडा नंवर १ राप्रपा गाउँ कार्यसमिति गठन गरिएको छ।

वडा समितिको अध्यक्षमा वुद्दिमान तामाङ रहेका छन भने समिति १५ सदस्यीय रहेको छ। वडा भेलालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले दिनप्रतिदिन राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको बताए ।

प्रधानमन्त्रि केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै पछिल्लो समय राप्रपा सडक संघर्षमा उत्रिएको थियो ।