नुवाकोटमा वडाध्यक्षलाई फसाउन अपहरणको नाटक गर्ने तिन जना पक्राउ

0
250
namunanews

बिदुर नगरपालिका -३ नुवाकोटका वडाध्यक्ष बद्री रिमालसहितका पाँचजनाले आफूलाई अपहरण गरी जंगलमा लगेर मरणासन्न हुनेगरी कुटपिट गर्दै रु एक लाख र सुनको सिक्री लगायतका गहना लुटेको भन्दै अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्धोग अभियोगमा सोमबार उजुरी दिएका थिए । आफूलाई अपहरण गरी नगद र गरगहना लुटेको भनेर झूठो उजुरी गर्नेसहित तीनजनालाई नुवाकोट प्रहरीले पक्राउ गरी कारबाही थालेको छ । पक्राउ पर्नेमा सोहि वडाका धनबहादुर रिमाल र झुठो विवरण दिन सहयोग गर्ने नारायण रिमाल र राजुप्रसाद रिमाललाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । उनिहरुका आनुसार गएको आइतबार यो घटना भएको भनि झुठो आरोप लगाएका छ्न् । नारायण रिमाल भर्खरै भयको स्थानिय तहको चुनाबमा अपराजित हुनुभयको थियो ।

सामुहिक अपहरणमा परेको भनिएका धनबहादुर गम्भीर घाइते भएको भन्दै जिल्ला अस्पताल त्रिशूली र वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराउन भर्ना भएपनि अवस्था सामान्य पाइएपछि कारबाहीका लागि प्रहरीले नुवाकोट ल्याएको हो ।घटनाको अनुसन्धान गर्ने क्रममा उक्त सूचना झुठो भएको र वडाध्यक्षलाई फसाउन लागेको पाइएकाले पीडित भन्नेलाई नै पक्राउ गरी कारबाही शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

कारबाहीका लागि उनिहरुलाइ प्रशासन कार्यालयमा सार्वजनिक अपराधअन्तर्गतको मुद्दा दर्ता गराएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।