नुवाकोट देखि रसुवा जोड्ने केबलकार निर्माण प्रक्रिया सुरु

0
1458
namunanews.com

नुवाकोटको दुप्चेश्वर महादेबको प्राङ्गण घ्याङफेदीबाट रसुवाको पबित्र तिर्थस्थल गोसाइँकुण्डसम्म केबलकार निर्माण कार्य आगाडि बडाईयको छ ।नुवाकोट दुप्चेश्वर गाउँपालिका १, घ्याङफेदीबाट गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्ने ऐतिहासिक गोसाइँकुण्डसम्म केबलकार स्थापना गर्न घ्याङफेदी–गोसाइँकुण्ड केबलकार कम्पनी प्रालि, महाराजगन्जले प्रस्ताव अघि बढाएको थियो ।केबलकार सञ्चालन हुने क्षेत्र निकुञ्ज भित्र पर्ने हुंदा निर्माणअघि ईआईए अनिवार्य हुन आउने कारण !!वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अघि बढेको हो ।

समुद्री सतहदेखि १ हजार ५ सय ७५ मिटरमा रहेको दुप्चेश्वर गाउपालिका १ घ्याङफेदी देखि ४ हजार ६ सय मिटर उचाइमा रहेको गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्ने ऐतिहासिक गोसाइँकुण्डसम्म स्थापना गरिने केबलकारको लम्बाई १० किलोमिटर हुने तथा २ देखि ३ वटा टर्मिनल र २५ वटा टावर राखिने निर्णय भएको कम्पनीले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक्लाइ मध्य नजर गर्दै कम्पनिले केबलकार स्थापना गर्ने प्रस्ताव राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पेस गरेको थियो ।पबित्र धर्मिक स्थल दुप्चेस्वर महादेबको मन्दिर तथा गोसाइँकुन्डमा बर्षौ हजरौं पर्यटकहरु आउने गरेको पाइन्छ ।यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व पनि छ । हरेक वर्षको जनैपूर्णिमा र जेठमा मेला भर्न हजारौंको संख्यामा भक्तजन र पर्यटक सिन्धुपाल्चोक, रसुवा र नुवाकोटको बाटो भएर गोसाइँकुण्ड पुग्छन् । हजारौंको संख्यामा भित्रिने विदेशी र धार्मिक पर्यटकलाई लक्षित गरी केबलकार स्थापना गर्न लागिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार केबलकारका संरचना केही मध्यवर्ती र धेरैजसो निकुञ्जको कोरक्षेत्रमा पर्ने भयकाले ईआईए अध्ययन पूरा भएपछि मात्र निर्माणकार्य अघि बढ्ने बताउनु भयको छ । केबलकार सञ्चालन्मा ल्याउन सक्दा बन्यजन्तुको सुरछ्या लगायतको बिषयमा सहज हुन आउने तथा‘केबलकार बन्यो भने दुर्लभ वन्यजन्तुको चोरीसिकार नियमन गर्न पनि सजिलो हुन्छ,’ रेग्मीले कान्तिपुरलाई भने, ‘पर्यटकलाई गोसाइँकुण्ड पुग्न पनि सजिलो हुन्छ ।’
केहि समयमै सबै अध्यन आनुसन्धान पुरा भयेलगतै कर्य सञ्चालन हुने कम्पनिले जानकारि दिएको छ।