NCP-nekapa_namunanews.com

नेकपा स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ । मंसिर २९ देखि सुरु भएको बैठकको निरन्तरतास्वरुप आजको बैठक बसेकाे हाे । सोमबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको साझा प्रतिवेदनका बारेमा छलफल गर्ने तयारी छ।

शनिबार सुरु भएको बैठकमा अध्यक्षद्धयले सरकारविरुद्ध भ्रामक प्रचार र जनताका गुनासा तथा असन्तुष्टिलाई अशान्तिमा रुपान्तरण गर्ने योजनावद्ध प्रयास भइरहेको विश्लेषण सहितको राजनीतिक प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवेदन अध्ययनका लागि भन्दै बैठक एक दिन स्थगित भएको थियो ।

९ मंसिरमा भएको बैठकमा दुबै प्रतिवेदन स्थायी समिति सदस्यहरुलाई दिइएको थियो। र, प्रतिवेदन अध्ययनका लागि आइतबार (१ पुष) को समय प्रदान गरिएको थियो। बैठकमा लामो समयसम्म पार्टी एकताको कामले पूर्णता पाउन नसको विषयमा पनि छलफल हुनेछ । तत्कालीन एमाले र एकीकृत माओवादीबीच जेठमा एकता भए पनि जिल्ला र स्थानीय तहमा एकताका काम अझै सकिएको छैन ।