accident_namunanews.com

काठमाडौ, १३ असार । पत्रकार ऋषि धमलाको पत्नी एलिजा गौतम र कान्छा पत्रकार सुजन आचार्य सवार बाईक दुर्घटना भएको छ ।

दुर्घनामा परि घाइते गौतम र आचार्यको काठमाडौ स्थित ग्रयान्डी हस्पिटलमा उपचार भईरहको छ । गौरिधाराबाट लाजिम्पाट जानेक्रममा बालुवाटारमा दुर्घटना भएको कान्छा पत्रकार आचार्यले जानकारी दिनुभयो ।

लाजिम्पाट जानेक्रममा अपराह्न ४:०० बजे बाटो काट्न लागेको गाईलाइ जोगाउन खोज्दा बाइकको ब्रेकले काम नगरेपछि बाईक अनियन्त्रित भएर दुर्घटना भएको उहाँले बताउनुभयो । दुर्घटनाको थप विवरण अाउन बाँकी छ ।