robotics association_namunanews.com

काठमाडौं – नेपालले पनि विश्वस्तरीय रोबोट प्रतियोगितामा भाग लिएको छ भन्ने सन्देश २१ औं शताब्दीका युवा पुसतामा पक्कै पनि प्रेरक कहानी हो । अवसर पाए नेपाली युवाले विश्वलाई नै चुनौती दिन सक्छ भन्ने विभिन्न घटनाले पुष्टि गरिरहेकै बेला नेपालले अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक ग्लोबल च्यालेन्जमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको रोबोटिक्स एसोसिएसन अफ नेपालले बताएको छ ।

robotics association nepal_namunanews.com

नेपाली क्यालेन्डर अनुसार साउन २९ गतेदेखि भदौ २ गतेसम्म मेक्सिकोमा हुने अन्तर्राष्ट्रिय रोबोट ओलम्पिकमा सहभागी हुन नेपालबाट १४ देखि १८ वर्ष उमेर समूहका चार युवा इन्जिनियरहरु प्रस्थान गरेका छन् ।

सहभागी उक्त टिमलाई रोबोटिक्स एसोसिएसन अफ नेपालका सचिव विनोद कँडेलले साउन २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट विदाइ गरेका छन् । प्रतियोगिताका लागि यन्त्र ६.० का विजयी टिम रोबोनट्सका मुख्य प्रतियोगी शिशिर विश्वकर्मा, पृथ्वी चौधरी , सजिन श्रेष्ठ र सार्थक सेन रहेका छन् ।

केही सिर्जनशील नेपाली युवाहरुले सन् २०१० बाट गैरसरकारी संस्थाका रुपमा विकास गर्दै ल्याएको रोबोटिक्स एसोसिएसन अफ नेपालले सुरुदेखि नै रोबोटिक्स र अटोमेसन विकासका लागि इन्जिनियर युवाहरुलाई परिचालित गरिरहेको

नेपाल इन्जिनियर्स एसोसिएसनसँग निकट तथा प्रेरित सहयोगबाट विकास हुँदै आएको संस्था हो । स्थापनादेखि नै सिर्जनशील दिमागका धनीहरुले एनिमेसनद्वारा रोबोट सञ्चालन गर्दै नयाँ नयाँ टेक्नोलोजीमा आधारित प्रविधिहरु पनि यसबाट प्रयोग र परीक्षण हुँदै आइरहेको छ । नेपाली युवा इन्जिनियरहरुले प्रतियोगिताका लागि चाहिने रोबोटो समेत १५ दिन अघिदेखि नै तयार गरेका थिए ।

robotics_namunanews.com

यस संस्थाबाट नासा इन्टरनेसन स्पेस आप २०१७, मिस टेक २०१७ र यन्त्र ६.० कला, प्रविधि तथा विज्ञान जस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि समेत सम्पन्न भएका छन् । उक्त रोबोटिक संस्थाले आउने पुस महिनामा अन्तर्राराष्ट्रिय रोबोटिक्स प्रतियोगिता आयोजना गर्ने समेत निधो गरेको छ ।

५ विधाभित्र प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा दक्षिण एसिया लगायत युरोपियन र अमेरिकी राष्ट्र गरी ७० इन्जिनियरिङ र उच्च माध्यमिक विद्यालयका विद्यार्थी सहभागी हुने आयोजकको दाबी छ ।