नेपाली बिषयमा गोरखाको इतिहासमा नै सबैभन्दा धेरै अंक।

0
130
Cable_namunanews.com

नेपालकै उत्कृष्ठ अंक ल्याएबापत न्यौपानेलाई काठमाण्डौंको रातो बंगला बोर्डिङ्ग स्कूलले पुरस्कृत गर्ने भएको छ । नेपाली भाषाको प्रवद्र्धन गर्न भानुजयन्तीको अबसर पारेर बुधबार दिउसो चारबजे विद्यालयमा नै एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गर्न लागेको शिक्षक अर्यालले जानकारी दिए । आज एक कार्यक्रम गरी रातो बंगला बोर्डिङ्गले नगद पाँच हजार प्रमाण पत्र काठमाण्डौं आउने जाने सवारी भाडा समेत दिने शिक्षक अर्यालको जनकारि।यसअघि पनि नेपाली बिषयमा कक्षाभरिकै उत्कृष्ठ अंक ल्याउने सोही विद्यालयका नेपाली विषयका शिक्षक रामप्रसाद अर्यालले जान कारी दिए ।उनले बिशेष गरी व्याकरणमा चासो दिने शिक्षक अर्यालको भनाइ छ । शिक्षक अर्यालका अनुसार न्यौपानेले यस बर्षको प्रवेशिका परीक्षामा अर्थशास्त्र बिषयमा जिल्ला भरिकै उत्कृष्ठ अंक ल्याएका छन् । यस बर्षको प्रवेशिकामा सो बिषयमा ८७ अंक ल्याएको विद्यालयले जनाएको छ । गोरखाका एक विद्यार्थीले यस बर्षको प्रवेशिका परीक्षामा नेपाली बिषयमा नेपालकै सबैभन्दा धेरै अंक ल्याएका छन् ।

नवजागृती चण्डी उच्च माविका सुनील न्यौपानेले नेपाली बिषयमा ९२ अंक प्राप्त गरेका हुन् ।
ताप्ले गाविस ७ बन्दीचौर निबासी न्यौपानेले ल्याएको यो अंक नेपाली बिषयमा गोरखाको इतिहासमा नै सबैभन्दा धेरै अंक हो ।