नेपाली सेनाको प्रदर्शनीमा हातहतियार

0
321

नेपाली सेनाले प्रयोग गर्ने विभिन्न सामग्रीबारे जानकारी दिन कालीबक्स गण, एयरपोर्ट व्यारेकमा प्रर्दशनी आयोजना गरिएको छ।
यो प्रर्दशनी कर्णाली प्रदेशमा पहिलोपल्ट आयोजना गरिएको हो । प्रर्दशनीमा विभिन्न हातहतियार,वप्रर्दशनी, तस्बिर, नमूना युद्धकला यन्त्र , भिडियो लगायत सामग्रीका एक दर्जन स्टल छन् ।नेपाली सेनाहरुले भने पृतनाले आयोजना गरेको प्रर्दशनी ४ दिनसम्म चल्नेछ । प्रर्दशनीमा पृतना मातहतका विभिन्न गण तथा गुल्मले स्टल राखेका छन् । प्रदर्शनीले भने–पश्चिम पृतनापति सरोजप्रताप राणाले उद्घाटन गर्नभयो । कार्यक्रममा नेपाली सेनाका विभिन्न गतिविधिबारे आगन्तुकलाई जानकारी दिइनेछ । प्रर्दशनी सबैका लागि खुला रहेको सेनाले जनाएको छ । कार्यक्रममा सेना र सहभागीबीच विभिन्न विषयमा अन्तर्क्रिया समेत गरिनेछ । नेपाली सेनाबारे चासो राख्ने व्यक्तिका लागि प्रर्दशनी उपयोगी हुने पृतनाले जनाएको छ । पृतनाका अनुसार विभिन्न सामग्रीबारे सैन्य अधिकारीले सहभागीलाई जानकारी दिनेछन् ।