Makalu-Plane_namunanews.com

नेपाल एयरलाइन्सको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले सोमबार नेपाल एयरलाइन्सलाई सरकारले तत्काल ऋण वा लगानी स्वरूप एक रुपैयाँ पनि दिन नसकिने बताए। व्यवस्थापन सुधार नभएसम्म सरकारले कति पनि नदिने घोषणा गरेका थिए।नेपाल एयरलाइन्सलाई अहिले दुई वटा बाध्यता छन्। पहिलो नियमित उडान। दोस्रो जहाज किन्न लिएको ऋणको किस्ता तिर्नुपर्ने रकम, वाइड बडी जहाज किन्न नागरिक लगानी कोष र संचय कोषसँग लिएको २४ अर्ब ऋको किस्ता तिर्न एयरलाइन्सल सकिरहेको छैन।पुस,चैत र असारमा तिर्नुपर्ने किस्ता गरी एयरलाइन्सले नियमित किस्ता २ अर्ब ४० करोड तिर्न सकेको छैन। जहाज आएको १ वर्ष भइसक्दा पनि आधा क्षमतामा मात्र चलाएको एयरलाइन्सले दैनिक सञ्चालन खर्चको मात्र जोहो गरिरहेको छ।तेसैले दैनिक सञ्चालन खर्चकोमात्र व्यवस्था गर्दा ऋणको ब्याज र किस्ता तिर्न नसकिने एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले सार्वजनिक रूपमा बताउँदै आएका छन्।

एक वर्षसम्म दैनिक औसत ६ घण्टामात्र यी जहाज उडिरहेका बेलामा आधा क्षमता चल्दा सञ्चालन खर्चमात्र उठ्नु ठीकै हो। तर पूर्ण क्षमतामा उडाउने प्रयास किन गरिएन? प्रधानमन्त्रीले यही प्रश्न खरेलमाथि तेर्स्याए,जहाज नउडाउने, विभिन बहाना बनाएर बस्ने तर ऋण तिर्न सरकारसँग पैसा माग्ने?
प्रधानमन्त्रीको प्रश्न र मदन खरेलको उत्तरलाई एकछिन टाढा राख्ने हो भने यसको असर के हुन्छ?

हामीसँग कुरा गरेका नेपाल एयरलाइन्सका उच्च अधिकारीहरूका अनुसार आधा क्षमतामा जहाज उडाएर एयरलाइन्सले ऋणको किस्ता तिर्न सक्दैन। किस्ता नतिरेपछि नागरिक लगानी कोष र सञ्चय कोषको ऋण जोखिममा पर्छ।’हामीलाई संस्था चलाउन समस्या छैन तर ऋणको किस्ता तिर्न भने यही अवस्थामा सम्भव छैन’ एयरलाइन्सका वित्त विभागका एक अधिकारीले भने। हाल नेपाल एइरलाइन्सको मासिक खर्च १ अर्ब ५४ करोड छ। यस्तो अवस्थामा सरकारी संस्थाकै ऋण भएकाले तत्काल कुनै अवरोध नभए पनि प्रक्रियामा जान सक्छन्।

प्रधानमन्त्रीले सोमबारकै कार्यक्रमबाट जवाफ दिय उनले सरकारी सम्पत्ति भएकाले संस्थाको उद्धार सरकारले गर्ने तर व्यक्तीको ठेक्का नलिने र पूर्ण सरकारी स्वामित्वको भएकाले यसको जिम्मेवार पनि सरकार नै हुन्छ’ नेपाल एयरलाइन्सका उच्च अधिकारीले सेतोपाटीसँग भने।