नेपाल बङ्गलादेश बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडौं प्रहरीलाई १८ लाख प्रदान

0
158
nepalbangladeshbank_namunanews-696x436

नेपाल बङ्गलादेशल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत महानगरीय प्रहरी परिसर काठमाण्डौंलाई १८ लाख ६० हजारको रकम हस्तानतरण गरेको छ ।

मङ्गलबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र महानगरीय प्रहरी परिसर काठमाण्डौंको तर्फबाट प्रमुख एसएसपी विश्वराज पोखरेललेसम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सो रकम परिसरले प्रत्येक महिना उत्कृष्ट काम गर्ने सिपाईदेखि डिएसपीसम्मका ६ जनालाई पुरस्कृत गर्ने जनाएको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बेँकले सदैव आफ्ना ग्राहक, ऋणी तथा सरोकारवालाहरुको हितलाई सर्वोपरी मान्दै आएको र बैंक सधै सामाजिक विकास प्रति सचेत र सजग रहेको भन्दै आˆनो मन्तव्य व्यक्त गरे ।

सका साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने हाम्रो लक्ष्य रहेको जनाएको छ ।