नेप्से पुनः अलटाइम हाई नजिक

0
124
share_namunanews.com

काठमाण्डौ। नेप्से परिसूचक आज सोमबार पुनः अहिलेसम्मै अलटाइम हाई नजिक पुगेको छ।

गत डिसेम्बर २ तारिखमा नेप्से २०७१ विन्दुमा पुगेको थियो। आज नेप्से ६ अंक कम २०६७ विन्दु पार गरेको छ। 

आज सोमबार परिसूचक ५६.७२ अंकले बढेर नेप्से २०६७.१७ विन्दु उक्लिएको हो। राम्रा र बलिया कम्पनीको सूचक पनि ६.०४ अंकले बढेर ३८८.१६ को उचाइमा पुगेको छ।

गत बुधबार र बिहीबार नेप्से परिसूचकमा गिरावट आई हिजोदेखि सम्हालिँदै बजारले सकारात्मक लय समातेको हो। आज ग्लोबल आईएमई लघुवित्तले बम्पर घोषणा गरेपछि लघुवित्त समूहमा नै बहार आउँदा अधिकांश लघुवित्त कम्पनीका सेयरमूल्यमा उछाल आएको छ। हाइड्रोपावर समूहबाहेक आज नेप्सेमा सबै समूहमा हरियाली छाएको देखिन्छ।

बजार सुरुआती ताकाभन्दा अन्तिम समयमा निकै आक्रमक गतिमा दौडियो। नेप्से २०५० को मनोवैज्ञानिक विन्दु २ पटक उक्लिएपछि परिसूचक र कारोबार रकमसमेत ह्वात्तै बढेर गएको देखिन्छ। परिसूचकले २०५० को विन्दु पार गरेपछि कारोबार रकमसमेत ह्वात्तै बढ्दै गएको र लगानीकर्ताको मनोबल बढेको विश्लेषकहरुको भनाइ छ। आज सवा ७ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

अघिल्लो साता बजार घट्छ भन्ने मनोवैज्ञानिक त्रासका बीच यो साता लगानीकर्ताले विस्तारै सेयर खरिद बढाउँदै जाँदा कारोबार रकम र सूचकमा सकारात्मक दबाब परेको विश्लेषकहरुको दाबी छ।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने एउटामात्रै रातो पोतिएको छ।

यो दिन जीवन बीमा समूह सर्वाधिक १०३३.१२ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह ३७९.१४ अंकले बढेको आज व्यापार समूहमा १६१.७६, २२.१ अंक, होटेल्स् समूहमा ३६.१६ अंक, विकास बैंक समूह ५६.५२ अंक, वित्त समूह ३.३४ अंक, उत्पादन तथा प्रशोधन समूह १०६.०५ अंक, अन्य समूह ६३.३९ अंक, लघुवित्त समूह १३६.२१ अंक र म्युचुअल फन्ड समूह ०.१५ अंकले बढेका छन्।

आज जलविद्युत् समूहमा २१.१५ अंकको गिरावट आएको छ।