पहिरोको कारण नुवाकोट्को दुप्चेश्वर गा.पा. १ को जनजिबन अस्थब्यस्थ

0
434
pahiro.namunanews.com

नुवाकोटको को दुप्चेश्वर गापा–१ को चेताङमा गएको पहिरो का कारण ३७ घरपरिवार विस्थापीत भएका छन ।३७ घरमध्ये १२ घर पहिरोमा परेर पूर्णरुपमा क्षति भएको र अन्य घरमा पहिरोको जोखिम भएपछि विस्थापित भएको घटनास्थल मा पुग्नुभएका नुवाकोट क्षेत्र नं १ का सांसद हीतबहादुर तामाङले जानकारी दिनुभयो ।

“पहिरो खसिरहेको छ, पानी नपर्दा पनि पहिरो नरोकिएकाले विस्थापित घरको सङ्ख्या अझै बढ्न सक्ने देखिएको छ”, सांसद तामाङले भन्नुभयो । पहिरोबाट विस्थापित भएका खुला आकाशमुनि बसिरहेकाले उनीहरुलाई आवश्यक त्रिपाल, खाद्य सामग्री पुर्याउन समन्वय गरिएको सांसद तामाङले बताउनुभयो ।

त्यसमध्ये १२ घर भने पूर्णरुपमा क्षति भएका छ । बुधबार बिहानदेखि जान थालेको पहिराका कारण चेताङका ३७ घरपरिवार विस्थापित भएका हुन् ।

पहिराले तीन वटा भैँसी, छ वटा गाई र गोरु, १०० वटा गिरिराज जातको कुखुरा भएको फार्मसमेत बगाएको छ । त्यस्तै स्थानीय माङ्गेन खोलामा आएको बाढीले तीन वटा झोलुङ्गे पुलसमेत बगाएको छ । पहिरोबाट विस्थापित भएकालाई नजिकैको घ्यावार चौरमा राखिएको छ ।