nepse_namunanews.com

०७५/७५ को आर्थिक वर्ष पहिलो दिनलाई सेयर बजार परिसूचक (नेप्से)ले ‘रेड कार्ड’ देखाएको हो । सेयर बजार ८.०५ अंकले घटेर आर्थिक वर्षको पहिलो दिनलाई ‘रेड कार्ड’ देखाएको हो ।

मंगलबार सेयर बजारका अधिकांश समूह राताम्मे देखिदा नेप्से परिसूचकमा ८.०५ अंकको गिरावट आएको थियो । अहिलेको अवस्थामा १ हजार २ सय १२ दशमलव ११ अंकबाट शुरु भएको कारोबार घटेर १ हजार २ सय ४ दशमलव ३१ को बिन्दुमा आइपुगिसकेको छ ।

मंगलबार सेयर कारोबार रकममा समेत गिरावट देखिएको छ । दिनभर ५ लाख १४ हजार १ सय ६१ कित्ताको सेयर किनबेच हुँदा जम्मा २० करोड ६० लाख ८८ हजार १ सय ३१ रुपैयाँ कारोबार भएको छ ।
मंगलबार ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसूचक भने १ दशमलव ५८ अंकले घटेर २ सय ५३ दशमलव ६२ अंकमा पुगेर बन्द भएको छ ।

कारोबार रकमका हिसाबले मंगलबार नबिल बैंक अग्रस्थानमा देखिएको छ । नविलको ५ करोड ८१ लाख ८३ हजार ८७५ रुपैयाँ कारोबार भएको छ ।