पानी जम्ने आ्शा रानिपोखरिमा

0
206
ranipokhari-namunanews.com

काठमाडौं महानगरपालिकाले जिम्मा लिएर अस्तव्यस्त बनाएको रानीपोखरीमा अहिले भने पुनर्निर्माणले गति लिएको छ । पुनर्निर्माण प्राधिकरणले आफैंले जिम्मा लियो र स्थानीय उपभोक्ता समिति बनाएर काम थालिएको छ । भूकम्पले क्षति पुर्‍याएको रानीपोखरी यतिबेला ‘पोखरी’का स्वरुपमा छैन । पुनर्निर्माणको बहानामा सुकाइएको पोखरी सुख्खा चौर जस्तै छ ।पहिले रानीपोखरीको आफ्नै जलाधार थियो, तर अव्यवस्थित शहरीकारणले त्यसलाई खल्बल्यायो । पुननिर्माणका क्रममा गरिएको भौगर्भिक अध्ययनले पत्ता लगाएको छ कि अब रानीपोखरीको आफ्नै जलाधार छैन । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा बनाउने भनिएपनि,

भक्तपुरका कालीगढ र कामदार पोखरीलाई पुरानै स्वरुपमा फर्काउन मेहनत गरिरहेका छन् । विहान १० बजेबाट सुरु हुने काम बेलुकी ६ बजेसम्म चल्छ । आगामी तिहारसम्म पोखरीमा पानी भर्ने योजनासहित काम भइरहेको बताउँछन्। किनभने विगतमा सुकाउन नपर्ने पोखरी सुख्खा बनाए वरपर क्रंक्रिट ढलान हालिएको थियो । त्यही कारण रानीपोखरीमा पानी अड्याउन चुनौतिपूर्ण छ ।

त्यसैले यसरि अन्यत्रहिबा्ट ल्याइएको पानी चुहिएर नजाओस् भन्ने उद्देश्यका साथ विभिन्न प्रयोग भइरहेको सचिव तुलाधर बताउँछन्।