पार्टि एकता सम्बन्धि बिभिन्न टिका टिप्पणी भैरहदा नयाँशक्ति पार्टिले मुख खोल्यो !!(यस्तो छ प्रेस बिज्ञप्ति )

0
228
education-board-namunanewsnepal

नयाँ शक्ति पार्टीका प्रवक्ता डम्बर खतिवडा र प्रशान्त सिंहका अनुसार राजनीतिक दल र नेतृत्वबीच छलफल र भेटघाट हुनुलाई अशोभनीय नठान्न तथा आफ्नो पार्टीको पहल अनुसार यस्ता भेटघाट र छलफल भएको भन्दै एक प्रेस विज्ञप्ति मार्फत प्रवक्ता द्वोयले स्पष्ट पारेका हुन् | केहीसमयदेखि पार्टीहरु बीचमा एकता तथा धुर्वीकरण हुन लागेको भन्ने खालका भ्रमात्मक समाचारको नयाँ शक्ति पार्टीले खण्डन गरेको छ |
पार्टी एकता हुनकालागि प्रमुख एजेण्डा तथा पार्टीले उठाएको मुद्दाहरुसँग तालमेल हुनेहरूसँग पार्टी एकता सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने नयॉ शक्ति पार्टी, नेपालको स्पष्ट र घोषित नीति रहेको कुरा हामी पुनः जोड दिन चाहन्छौं, बक्तब्यमा भनिएको छ ।
पछिल्लो समयमा विभिन्न पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट राजनैतिक छलफलमा पार्टी एकीकरण गर्नेबारे छलफल भइरहेको समाचार बाहिर आएसँगै पार्टीको यस्तो बक्तब्य बाहिर सार्वजनिक भएको हो |

प्रेस वक्तव्य

केही दिनयता राजनीतिक वृत्त र विभिन्न सञ्चार माध्यममा आएका पार्टीहरुको एकता, ध्रुविकरण र कार्यगत एकतासम्बन्धी सवालमा नयाँ शक्ति पार्टी, नेपालसँग जोडिएका विषय, जिज्ञासा र अस्पष्टताबारे पार्टीको यही वैशाख २१/२२ गते केन्द्रीय कार्यालय बबरमहलमा बसेको सचिवालय बैठकमा भएको निर्णयबमोजिम निम्न बिषयमा प्रष्ट पार्न चाहन्छौं–
१. नयाँ शक्ति पार्टी, नेपाल निश्चित युगिन वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यक्रमिक आधारमा निर्माण भएको पार्टी हो । ‘समानुपातिक–समावेशी सहभागितामूलक लोकतन्त्र’ र ‘समुन्नत समाजवाद’लगायत ‘५ स’ मा आधारित अग्रगामी, लोकतान्त्रिक, क्रान्तिकारी र वैकल्पिक प्रगतिशील पार्टी निर्माण गर्ने उद्देश्यलाई हानी पुग्ने गरी नयाँ शक्ति पार्टी, नेपाल कुनै प्रकारको ध्रुविकरण, एकता वा विलयको प्रक्रियामा सामेल हुनेछैन । यसबारे कसैले कुनै आशंका गरिरहन आवश्यक नभएको प्रष्ट पार्दछौं ।
२. राजनीति एक गतिशील प्रक्रिया हो । राजनीतिक दल र नेतृत्वबीच भेटघाट र छलफल हुनु स्वभाविक कुरा नै हो । यसबीच नयाँ शक्ति पार्टीकै पहलकदमीमा विभिन्न पक्षहरुसँग छलफल र भेटघाट भएको हो । तर त्यसको उद्देश्य बृहत्तर राजनीतिक परिदृष्यमा राष्ट्रिय राजनीतिको भावी कार्यदिशालाई निर्धारण गर्न एकअर्कालाई मद्दत गर्नु थियो ।
३. दलहरुको संख्या धेरै भएर लोकतन्त्र बलियो हुने हैन । निश्चित वैचारिक धार र सवल संगठन भएका दलहरुबीचको स्वच्छ प्रतिस्पर्धाले मात्र लोकतन्त्र बलियो हुनसक्छ । यस अर्थमा नयाँ शक्ति पार्टी, नेपाल सबै पक्षहरुसँग राजनीतिक संवादका लागि तयार छ । तर वैकल्पिक, अग्रगामी, प्रगतिशील, क्रान्तिकारी, लोकतान्त्रिक, समाजवादी ‘तेस्रो धु्रव’ निर्माण गर्ने उद्देश्य त्यसको आधारभूत शर्त हो । तथाकथित पुँजीवादी वा साम्यवादी आवरणमा यो उद्देश्य परिपुर्ति नहुने यथार्थबारे नयाँ शक्ति पार्टी उत्तिकै प्रष्ट छ ।
४. मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने नयॉ शक्ति पार्टी, नेपालको स्पष्ट र घोषित नीति रहेको कुरा हामी पुनः जोड दिन चाहन्छौं ।

…………………. ……………………. डम्बर खतिवडा प्रवक्ता प्रशान्त सिंह प्रवक्ता