uml_maiost_unification_namunanews

नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अपरान्ह् २ः ३० मा बैठक बोलाएका हुन् ।

एकता संयोजन समितिको बैठक अघि नै एमालेले स्थायी समिति बैठक बोलाएको हो। संयोजन समितिको बैठक बेलुका बस्दैछ ।

स्थायी समिति बैठकमा वाम एकता र प्रधानमन्त्रीको भाारत भ्रमणको विषयमा छलफल हुने एमाले सचिव याोगेश भट्टराईले जानकारी दिए ।

एमाले माओवादी पार्टी एकताको क्रममा माओवादीले बराबरी संख्या माग गरेको र जनयुद्ध शब्द राख्ने तथा सूर्य चिन्ह नमान्ने अडान लिएको समयमा एमालेको आधिकारिक धारणा तय गर्नका लागि स्थायी समितिको बैठक बस्न लागेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयता संगठनमा ५०/५० प्रतिशत हुनुपर्ने बताउँदै आएका छन्। साथै विधानमा जनयुद्ध लेखनुपर्ने र चुनाव चिह्नमा सूर्यभित्र हँसिया हथौडा पनि हुनुपर्ने कुरा माओवादीले उठाउँदै आएको छ।

तर, एमाले नेताहरु माओवादीको उक्त प्रस्ताव मान्ने पक्षमा देखिएका छैनन् । एमाले नेताहरुले संगठनमा भने चुनावी नतिजालाई आधार मान्नुपर्ने बताउँदै आएका छन्। उनीहरु जनयुद्ध शब्दप्रति सकारात्मक छैनन्। चुनाव चिह्न पनि सूर्यमात्रै हुनुपर्ने माओवादीको अडान छ।

एकता प्रक्रियामा संगठनमा दुवै पार्टीबाट प्रतिनिधित्व गर्ने संख्या, पार्टी विधानमा ‘जनयुद्ध’ शब्द उल्लेखको विषय र चुनाव चिह्न जस्ता विषयमा मत बाझिएका छन्।

राजनीतिक प्रतिवेदन लेखन कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको र माओवादीसँग असमझदारी देखिएको अवस्थामा एकता संयोजन समितिको बैठकमा पार्टीको तर्फबाट राख्ने धारणा समेतका बारेमा छलफल हुनेछ।