पाल्पामा बस दुर्घटना, मृतकको संख्या १३ पुग्यो

0
199
accident_namunanews.com

१८ जेठ, गुल्मी । पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु भएका सबैको पहिचान भएको छ ।

मृत्यु हुनेमा सहकारीका अध्यक्ष तानसेन ४ का विष्णुमान बज्राचार्य, तानसेन-४ का कृष्णबहादुर बोहोरा, तानसेन-३ का छत्रराज शाक्य, तानसेन-६ का सुशिलप्रसाद श्रेष्ठ, तानसेन-६ का दुर्गाबहादुर सारु, तानसेन-३ का देवेन्द्रलाल प्रधान, तानसेन-३ का कृष्णमान बज्राचार्य, तानसेन-६ का सचिव बज्राचार्य, तानसेन-२ का लोकप्रसाद ढकाल, तानसेन-३ की बसन्ती खाँण, तानसेन- ६ का गीता बुढाथोकी, तानसेन-३ की कमला कार्की र तानसेन-५ की दुर्गा श्रेष्ठ रहेका छन् ।

सचिन बज्राचार्य र लक्ष्मी कार्कीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुने मध्ये कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुन् ।