पुल भत्कियपछि

0
343

दक्षिणी ब्राजिलमा रहेको पुलमा डुङ्गा ठोक्किएपछि पुल भत्कियको छ।प्रत्यक्ष देख्ने मनिहरुको अनुसार ८६० मिटर लामो पुलको एउटा खम्बामा डुङ्गा ठोक्किएको थियो र पुलमा गुडिरहेका दुईवटा कार नदीमा खसेका थिए। यो घटनामा कति व्यक्ति परे र कति घाइते भए भन्ने स्पष्ट भएको छैन। गोताखोरहरूले नदीभित्र खोजी गरिरहेका छन्।डुङ्गामा भएका चालकदलका पाँच जना भने सकुशल रहेको छन्।ब्राजिलको एमेजन क्षेत्रमा भएको सो पुल देशको अतिव्यस्त मानिने बेलेङ बन्दरगाह जाने बाटोमा पर्छ।सरकारी निकायहरूले नदीबाट पुलको भग्नावशेष हटाउने प्रयास गरिरहेका छन्। पुल भत्किएपछि परा राज्यका प्रमुख एल्दर बाहबाल्योले राज्यमा सङ्कटकाल घोषणा गरेका छन्।सरकारी सञ्चारमाध्यमलाई भने”हाम्रो प्राथमिकता पीडितहरूको खोजी गर्नु र तिनका परिवारलाई पूर्ण रूपमा सहयोग गर्नु हो,”। नजिकै रहेका अरू पुलका खम्बाहरूमा नदीमा चल्ने डुङ्गालाई सतर्क गराउन सङ्केतहरू राखिएको छ।पुल नबनुन्जेल मानिसहरूलाई नदी तार्न साना डुङ्गाको व्यवस्था गरिएको छ। सरकारले सो समस्याको समाधान गर्न रकम माग गरेको भए पनि उसले बाटो बन्द गर्ने विषयलाई त्यति गम्भीरतापूर्वक नलिएको बताइन्छ।स्थानीय सञ्चारमाध्यममा सो पुलका खम्बाहरूमा केही समयअघि गरिएको निरीक्षणमा खिया लागेको देखिएको समाचार प्रकाशित भएको थियो।