पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि

0
395
petrol-station_namunanews.com

काठमाडौं,भदौं ३ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मुल्य बढाएको हो ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा ६५ पैसा नाफा छ भने डिजेल र मट्टीतेलतमा ७० पैसा घाटा छ । ग्याँसको भने मूल्य बढाईएको छैन । नबढाइए पनि ग्यासमा प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य २ रुपैयाँले बढेर प्रतिलिटर ९५ रुपैयाँ भएको छ । निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ५० डलर रुपैयाँ बढाएको छ । जसको कारणले गर्दा आम जनताहरुमा असर पर्न गएको छ।