पैसा खाएर ड्राइभिङ लाइसेन्स पास गराउने ४ जना पक्राउ

0
323
pakraw_namunanews.com

काठमाडौं,जेठ १६ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुना, ललितपुरबाट लिएको बस, ट्रक जीप ट्रायल परीक्षामा अनियमितता गर्ने ४ जनालाई पक्राउ गरेको छ । लाइसेन्स परिक्षामा रकम लिई पास गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उद्ववबहादुर खत्री, दिनेश श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ र श्यामप्रसाद खनाल रहेका छन् । उद्ववबहादुर खत्री सिन्धुली कपी सेन्टर एकान्तकुनाका सञ्चालक हुन् भने दिनेश श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ ड्राइभिङ इन्सिच्युट एकान्तकुनामा मोटरसाइकल सिकाउने काम गर्छन ।

उनीहरुलाई व्यवस्था कार्यालय एकान्तकुना अगाडिबाट तथा मेघा ड्राइभिङ्ग ट्रेनिङ सेन्टर धोबीघाटका सञ्चालक श्यामप्रसाद खनाललाई धोवीघाटबाट अख्तियारले पक्राउ गरेको हो ।