पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र रुपमा भइरहेको छ। निर्माण थालेको १४ महिनामा विमानस्थलको निर्माण कार्य ३० प्रतिशत सकिएको हो।सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भएको छ। तोकिएको समयभन्दा ६ महिना अघि नै सक्ने गरी काम भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनंकर्मीले जानकारी दिए। अहिले रनवेको ६० प्रतिशत काम सकिएको छ। धेरै समय लाग्ने मुख्य काम सकिसकेकोले चैत महिनाभित्र रनवेको सबै काम सकिने पोखराको अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख मुनंकर्मीले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे सिमेण्ट, बालुवा प्रयोग गरि विभिन्न चरणमा ढलान गरी निर्माण भइरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ। ८ हजार स्क्यार मिटर अन्तर्राष्ट्रि उडानकालागी र ६ हजार स्क्यार मिटर आन्तरिक उडानकालागि गरी १४ हजार स्क्यार मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो। टर्मिनल भवनमा वार्षिक ५ लाख क्षमताको हुने छ। यसको साथै अर्को छुट्टै टर्मिनल भवन पनि निर्माण गरिने छ ।