पोखरामा ट्याङ्कर र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

0
266
bike accident_namunanews.com

पोखरा , असार १४ — पोखरा लेखनाथ महानगरपालिकाको मालेपाटनमा मोटरसाइकल र ट्याङ्कर ठोक्किदा म्याग्दीका दुई जनाको मृत्यु भएको छ।

ग१ ख २८९६ नम्बरको ट्यांकरसँग ध १ ख५०२१ नम्बरको मोटरसाइकल ठक्कर खाँदा म्याग्दी घर भएका मोटरसाइकल चालक २४ वर्षीय धनबहादुर छन्त्याल र सोही मोटरसाइकलको पछाडि सवार म्याग्दी दानाकी २५ वर्षीया बृन्दा थापाको मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।

dead_namunanews.com

दुर्घटनामा घाइते थापाको उपचारका लागि मणिपाल शिक्षण अस्पताल लैजादै गर्दा बाटोमा र छन्त्यालको उपचारक्रममा राति अस्पतालमा मृत्यु भएको हो। अन्नपूर्ण–७ स्थित घराम्दी प्राथमिक विद्यालयकी शिक्षिका थापा नृत्याङ्गना पनि हुन।

उनीहरुको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको छ ।

प्रहरीले ट्यांकर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ।