पोखरा जान लागेका यात्रुको झोलामा भेटियो २२ राउण्ड गोली

0
380
22mm bullets_namunanews.com

काठमाडौंबाट जहाजमा पोखरा जान लागेका एक यात्रुको झोलामा २२ एमएमको गोली २० राउण्ड फेला परेको छ। विमानस्थलको आन्तरिक टर्मिनलको सुरक्षा जाँचअन्तर्गत एक्सरे मेसिनमा चेक जाँच गर्ने क्रममा उक्त गोली भेटिएको थापाले बताए।

आइतबार दिउँसो बुद्ध एयरको विमानबाट पोखरा जान लागेका भारतीय सेना आसाम राइफलका कर्नेल बलबहादुर पुनको झोलामा गोली भेटिएको हो। गोलीसहित पुनलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए। पुन चितवनका स्थायी बासिन्दा हुन्।

उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशाला लगिएको छ।