पोखरा महानगरको गेटमा लगाए ताला जनप्रतिनिधि आफैले!

0
212
pokhara-mahanagar_namunanews.com

महानगरले पाँचौं नगरसभामा प्रस्तुत गरेको वार्षिक बजेट विवरण (रेडबुक) र मेयर मानबहादुर जीसीको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै उनीहरुले महानगरको मूलद्वारमा ताला लगाएका हुन् । चौथो दिन बुधबार महानगरले रेडबुक प्रस्तुत गरेको थियो । उक्त रेडबुकमाथि छलफल नै नभई पारित गरिएको र त्यसबारे कुरा राख्दा मेयर जीसीले धम्कीपूर्ण अभिव्यक्ति दिएको पोखरा–,९ का वडाध्यक्ष रामराज लामिछानेको आरोप छ ।बजेट र अभव्यिक्ति नसच्याएसम्म आन्दोलन गर्ने र अटेर गरे आन्दोलन थप सशक्त बनाउने‘हामी जनताले चुनेर जनप्रतिनिधि भएका हौं ।लामिछानेले बताए,जनताबाटै उठेको रकमले त आएको हो बजेट । हामीले नै माग्न नपाउने ? छलफलको समय र बजेटबारे बोल्ने मौका पनि नदिइएको लामिछानेले आरोप लगाए । ‘हामीले रेडबुक आइसकेपछि छलफल गरौं भनेका थियौं । ३ बजेमात्रै रेडबुक आयो । त्यसमा पनि हामीलाई बोल्ने मौकै दिइएन,’ उनले भने, ‘बजेट पनि समान रुपमा वितरण भएको छैन ।रेडबुक नै ढिलो आयो । ढिलो आएको रेडबुकको छलफलका लागि समय दिनुपथ्र्यो, उनले भने, ‘पछि बोल्ने भनेर बोल्नै दिइएन । अनि मेयर साबले एक्कासि पारित गर्ने भनेर भन्नुभो । पोखरा ११ का वडाध्यक्षसहित ४८ जनाले रेडबुक च्यातेर फ्यालेका थिए । बजेट पूरै केन्द्रिकृत रुपमा आएको छ । महानगरले पनि आफ्नो बजेट एकलौंटी रुपमा वडालाई नदिएर आफूले मात्रै राखेर हुन्छ ? पोखरा ४का शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै कुर्ची र सोफा फालेका थिए । नगरसभामा राखिएको एअर कुलरसमेत लडाएका थिए ।समानुपातिक रुपमा आउनुपर्यो भन्दा मेयर साबले धम्कीपूर्ण अभिव्यक्ति दिनु र त्यसमा हाम्रो आपत्ति छ ?

पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेटमा ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको र उक्त बजेटमाथि बुधबार विनियोजन विधेयक पारित भएको छ ।