प्रदेश १ बाट गुण्डागर्दिमा लागेकाको लिस्ट तयार पार्दै नेपाल प्रहरि

0
438

प्रदेश नम्बर एकका १४ जिल्लामा गएको एक वर्ष भित्र ७ हजार ६ सय ९१ वटा अपराधिक घटना भएको प्रदेश नम्बर एक प्रहरी कार्यालय विराटनगरले जानकारि गरएको छ ।

प्रदेश नम्बर एकका प्रहरी प्रमुख डीआईजी केदार रिजालका अनुसार सबैभन्दा बढी अपराधिक घटना सुनसरी जिल्लामा भएको जानकारी दिए । एक वर्षको अवधिमा सुनसरीमा १ हजार ९ सय ९० वटा विभिन्न अपराधका घटना भएको डीआइजी रिजालले बताए ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा भएका अपराधिक घटना मध्ये ४ हजार १ सय ५९ वटा फछ्र्यौट भएकाछन् । त्यसैगरि, ३ हजार ५ सय ३२ वटा घटना फछ्र्यौट हुन बाँकी रहेको र ती घटनाको अनुसन्धान जारी रहेको कार्यालयले जनाएको छ ।

nepalpolice.namunanews.com

धनकुटा जिल्लामा १ सय ४७, भोजपुरमा १ सय ६६, संखुवासभामा २ सय १८, उदयपुरमा ५ सय ३५, खोटाङमा १ सय ६०, ओखलढुँगामा १ सय ३० र सोलुखुम्बुमा १ सय ३१ वटा अपराधिक घटना भएको प्रहरी कार्यालयले जनाएको छ ।

अर्कोतर्फ तेह्रथुम जिल्लामा भने सबैभन्दा थोरै अपराधिक घटना भएको छ । कार्यालयले तेह्रथुममा १ सयवटा अपराधिक घटना भएको जानकारि दिएको छ । त्यसैगरि, झापा जिल्लामा १ हजार ६ सय ८७, इलाममा ३ सय ४२, पाँचथरमा २ सय ८१, ताप्लेजुङमा १ सय ६७, र मोरङ जिल्लामा १ हजार ६ सय ३७ वटा अपराधिक घटना भएको छ ।

त्यस्तै एकवर्षमा गुण्डागर्दीमा संलग्न १ सय ४३ जनालाई प्रहरीले पक्राउ गरेर कारवाही अघि बढाएको छ । गएको वर्षमा गुण्डागर्दीको १ सय ३३ वटा घटना भएकाछन् । प्रहरीले गुण्डागर्दी नियन्त्रणका लागि तीन महिने विशेष अभियान समेत संचालन गरेको थियो ।

अभियानका लागि गुण्डागर्दीमा संलग्नको प्रोफाइल तयार पार्ने र उनीहरुमाथि निगरानी गर्न थालिएको प्रहरीले जनाएको छ । अब गुण्डागर्दिमा संलग्न भएकाको लिस्ट तयार पारिसकियको हुनाले उनिहरु कडा निग्रानि सुरु गरिएको कुनै पनि बेला उनिहरु हम्रो कठ्गरामा आइपुग्ने उहाले बताउनुभयो ।