प्रधानमन्त्री ओली;अब हामी स्वदेश मै आकर्षक रोजगारीको सृजना गर्छौं ।

0
329
KP-Oli-namunanews.com

*काठमाडौं, १५ असार नेपाल काम गर्न चाहने कर्मबवीरहरुको देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपाल श्रम गर्न नहिचकिचाउनेहरुको देश हो । नेपालीहरु श्रम गर्नमा रुची राख्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर यहाँ काम नपाएर ठुलो संख्यामा नेपालीहरु विदेशमा श्रम गर्न गइरहेका छन् । कामका लागि विदेश जानु पर्ने अवस्थाको चाँडै अन्त्य हुने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “हामी स्वदेश मै आकर्षक रोजगारीको सृजना गर्छौं । विकासका लागि सरकार प्रतिपक्षसँग सहकार्य गर्न तयार रहेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा हुन् । विकास र समृद्धि सबैको आवश्यकता हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “देश विकासका लागि सरकार प्रतिपक्षसँग मिलेर काम गर्ने उत्कट अभिलासामा छ ।”
बताउनुभएको छ । “भावी सन्ततीलाई पनि यही गरिबीको स्थिती कायम राख्ने होइन । बेरोजगारी कै अवस्थामा राख्ने होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “मेरो कार्यकाल टुंगिदा बेरोजगारीको अवस्थामा परिवर्तन ल्याउछु ।”प्रधानमन्त्री ओलीले देशमा काम गर्ने सक्ने जनसंख्याको बाहुल्यनता भएकोले यो अवसरको सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।

आधुनिकीकरण र औद्योगीकिकरण बढाउने कुरामा जोड दिनुभयको छ्।