प्रभु लाइफको आइपिओमा लगानीकर्ता झुमिए, कति पर्यो आवेदन ?

0
671
prabhu_namunanews.com

काठमाडौं–  लाइफ इन्स्योेरेन्सले निश्कासन गरेको साधारण सेयर (आइपिओ) मा लगानीकर्ता झुमिएका छन्  ।

निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड अनुसार  निश्कासन भएको पहिलो दिन सोमबार बेलुका ५ बजेसम्म ।  पहिलो दिनमा  २ लाख ७६ हजार १८ जना आवेदकले ८६ लाख ३२ हजार ४५० कित्ताको लागि आवेदन दिएका हुन् ।    

 कम्पनीले सर्वसाधारणका लागि  सोमबारदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ   निष्काशन गरेको हो ।  

निष्काशन हुने ६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीको लागि  र थप ५ प्रतिशत अर्थ ३ लाख सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ भने बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आइपिओमा लगानीकर्ताले नजिकको बैंक तथा वित्तीय संस्था र मेरोसेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ  निष्काशन बन्द छिटोमा पुस २ गते बन्द हुने छ । त्यस अवधिमा विक्री नभए पुस १३ गतेसम्म मात्र बिक्री खुल्ला रहने छ । सर्वसाधारणले न्यूनतम १० कित्ता (१ हजार रुपैयाँ) देखि ५ हजार कित्ता (५ लाख रुपैयाँ) सम्म आवेदन गर्न सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

इक्रा नेपालले साधारण सेयर निस्कासन गर्न प्रभु लाइफ इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २५ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्ने छ ।