फिल्म ‘कृ’ का निर्माता गिरी छुटे , शम्मु प्रधानलाई ११ लाख तिर्ने

0
320
namuna_subash_giri

फिल्म ‘कृ’ का निर्माता सुवास गिरी हिरासत मुक्त भएका छन् । गीत चोरीको अरोपमा प्रहरीले नियन्त्रणमा लिएको गिरीले क्षतिपूर्ति रकम तिर्ने भएसँगै हिरासत मुक्त भएका हुन् ।

उनले निर्देशक शम्भु प्रधानलाई ११ लाख रुपैयाँ तिर्ने भएका छन् ।

निर्माता गिरी र निर्देशक प्रधानबीच चलचित्र ‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत युटुबबाट हटाउने र ११ लाख रुपैयाँ तिर्ने सहमति भएको छ ।

शम्भु प्रधानले सुरुवातमा २१ लाख माग गरेका थिए । तर, पछि गीत युटुबबाट हटाउने र ११ लाख तिर्नेगरि सहमित भएको हो । सहमतिसँगै निर्माता गिरी हिरासतमुक्त भएका हुन् ।

चलचित्र ‘संझना’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत आफ्नो चलचित्र ‘कृ’मा अनुमतिविना नै समावेश गरेको भन्दै यसका निर्देशक शम्भु प्रधानले केहि दिन अगाडि प्रहरीसमक्ष उजुरी दिएका थिए ।

उनलाई बिना अनुमति गीत चोरीको अरोप लागेका कारण प्रहरीले मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

चलचित्र ‘कृ’ का निर्माता भने भूवन केसी पनि हुन् । तर, उनलाई भने चलचित्र विकास बोर्डले निर्मातामा भूवन केसीको नाम नभएको भन्दै प्रहरीलाई पत्र पठाएपछि उनलाई भने प्रहरीले बोलाएको छैन ।