फिल्म ‘कृ’ का निर्माता सुवास गिरी प्रहरी नियन्त्रणमा

0
283
namuna_producer_kri

काठमाडौं-फिल्म ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई बिना अनुमति गीत चोरीको अरोप लागेका कारण प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत कृमा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको हो।

पुरानो फिल्म सम्झनाको ‘उकालीमा अघि अघि‘’ बोलको गीतलाई बिना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप लगाएका थिए।

प्रधानले आफ्नो गीत चोरी गरेको भन्ने उजुरी दिएपछि हामीले कृ निर्माता गिरीलाई नियन्त्रणमा लिएका हौ,’ काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको छ ।

चलचित्र सम्झना वि.सं २०४० सालमा रिलिज भएको फिल्म हो । जसमा नायक भुवन केसी नै थिए भने नायिका तृप्ती नादकरले मुख्य भूमिका निर्वाह गरेका थिए । ३५ वर्ष अघि आफैले अभिनय गरेको फिल्मको गीतलाई भुवन केसीले छोराको ‘कृ’ मा समावेश गरेका थिए ।’कृ’ मा अनमोल र अदिती नाँचे जस्तै ‘सम्झना’मा भुवन र तुप्ती नाँचेका छन् । उक्त गीतका संगीतकार र गीतकार भने रन्जित गजमेर हुन् ।