फेरि कुखुरामा बर्ड फ्लुको आतन्क

0
461
namunanews.com

चितवन खैरहनी नगरपालिका-९ सुर्तनीका राजन चौधरीको फर्ममा पालिएको लेयर्स कुखुरामा बर्ड फ्लु भेटिएको छ। उनको फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्ड फ्लु भेटिएको हो । बर्ड फ्लु भेटिएपछि शुक्रबारदेखि प्रशासनले उक्त क्षेत्रका वरिपरि रहेका जीवित घरपालुवा पंक्षीहरू पनि मार्न सुरू गरेको छ ।
“पशुसेवा विभागले राजन चौधरीको फर्ममा बर्ड फ्लु भएको बिहीबार मध्यरातमा पुष्टि गरेको हो ” चितवन जिल्ला पशुसेवा कार्यालयका प्रमुख चेतनारायण खरेलले जानकारि दिएका छन्। रोग अन्यत्र नफैलियोस् भनेर संक्रमित क्षेत्र वरपर तीन किलोमिटर क्षेत्रभित्रका आन्य जिबित पंक्षीहरू नष्ट गरिने प्रमुख खरेलले बताए ।

अण्डाका उत्पादनका लागि चौ‌धरीले पालेका लेयर्स प्रजातिका कुखुरामा वैशाख १५ देखि नै संक्रमण सुरू भएको तर के भयको भनेर गत बुधबार सम्म पनि पुस्टि भैसकेको थियन । परीक्षणहरूबाट बिहीबार मात्र बर्ड फ्लु लागेको हो भनि चितवन जिल्ला पशुसेवा विभागले पुष्टि गरेको थियो ।