बसुन्धारामा बम विस्फोट

0
452

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षको बसुन्धारस्थित घरमा हिजो अज्ञात समूहले बम विस्फोट गराएको छ । उक्त विस्फोट हिजो राति ७:४० बजे भएको हो ।
गुरुङ दिउँसोदेखि घरमै थिए । उनले चार तलामाथिबाट ठूलो विष्फोटको आवाज सुनेपछि हेर्दा गाडीमै आगो लागेको देखेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले अहिले यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेकाे बताएकाे छ । साथै अनुसन्धान सुरु गर्ने बताएकाे छ । घरमा पार्किङ गरेर राखिएको कारमा र बम विस्फोट गराउँदा गुरुङको घरको सटर भाडा लिएर बसेका मणिराम पौडेेल घाइते भएका छन् । पौडेलको टाउकोमा चोट लागेपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
शक्तिशाली बम विष्फोटबाट गुरूङसहित अन्य दुईजनाको घरमा क्षति पुगेको छ । बम विस्फोटपछि ती घरका शिशाहरु फुटेका छन् । शक्तिशाली आवाजसहितको विस्फोटले स्थानीयबासी त्रसित भएका छन् ।
विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ । विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दुईवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।
प्रहरीका अनुसार घरमा पार्किङ गरेर राखिएको कारमा शंकास्पद बस्तु विस्फोट भएको थियो । बसुन्धारा क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको थियो ।
उक्त घरमा अध्यक्ष गुरुङको टप जब्स मेनपावर र वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष पूर्णबहादुर मल्लको सुनगाभा ओरियन्टेसन रहेको छ ।
अध्यक्ष गुरुङले ७ बजेर ४० मिनेटमा विस्फोट भएको बताए । ‘ विस्फोट भएको ५-७ मिनेटमा आगोको मुस्लो गयो । आगोको धुवाँ निस्कने गरी आगो लाग्यो’, गुरुङले भने, ‘छिमेकीको सहयोगमा आगो नियन्त्रण्मा आयो । आज दिनभरि गाडी घरमा नै राखेको थिएँ ।’
गुरुङका अनुसार गाडी पार्किङ गरिएको ठाँउमा ग्यासको सिलिण्ड नराखिएकाले सुनियोजितरुपमाा सिलिन्डर बम विस्फोट गरिएको हो । सिलिन्डरका टुक्रा घरको चार तलामाथिसम्मको ढोका उछिटिएर छिरेका थिए ।
महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । ‘एक्कासी आवाज आएपछि बाहिर हेर्दा मेरै ग्यारेजमा रहेको गाडीबाट धुवाँको मुस्लो देखे’, उनले भने, ‘तल आएर हेर्दा गाडी जलिरहेको थियो । यहाँ ग्यास सिलिन्डर होइन बम नै पड्काइएको हो । यहाँ कसैले पनि सिलिन्डर राखेको थिएन ।’