julus_namunanews.com

५ साउन, काठमाडौं । सरकारविरुद्ध सडकमा उत्रिएको प्रमुख विपक्षी कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नयाँ बानेश्वरमा झडपका क्रममा दुई डीएसपीसहित ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।

कांग्रेसले तरुण दलको आहृवानमा प्रदर्शन गरेको थियो, माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन विजुलीबजार पुलमा आएपछि मुल सडकमा प्रवेश गर्‍यो। जसमा प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे लगायत पनि सहभागी थिए ।

baneshor_namunanews.com

प्रहरीले रोक्न खोजेपछि बानेश्वरमा तनाव देखियो । बानेश्वरको एकातिर डा. गोविन्द केसीका समर्थकहरुको सभा चलिरहेको थियो भने अर्कोतिर कांग्रेसले निषेधाज्ञा तोड्न खोज्यो । लाठी लागेर दर्जन बढी प्रदर्शनकारी घाइते छन्।

प्रहरीले अश्रुग्यास हान्दा डा. केसीका समर्थकहरुको सभामा सहभागीहरु समेत प्रभावित भएका थिए ।

कांग्रेसका कार्यकर्ताले ढुंगा हान्न थालेपछि झडप भयो । प्रहरीले अश्रुग्यासका साथै लाठी हानेको थियो भने प्रर्दशनकारीले ढुंङगा प्रहार गरेका थिए । यसले नयाँवानेश्वर क्षेत्र तनाबग्रस्त बन्यो ।
प्रदर्शनकारीले विरोध प्रदर्शन गर्दै जाँदा निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।