बामदेव गौतमलाई संसद बनाउने पार्टी भित्र आन्तरिक छलफल

0
502
बामदेव गौतम_namunanews.com

सचिवालय सदस्य बामदेव गौतमलाई उपचुनाव लडाएर संसद प्रवेश गराउने विषयमा नेपाल कम्युष्टि पार्टी (नेकपा) भित्र आन्तरिक छलफल सुरु भएको छ ।नेता गौतमलाई डोल्पाबाट चुनाव लडाउने विषयले नेकपाको सचिवालयमा प्रवेश पाएको छ तर औपचारिक निर्णय हुन चाहिँ बाँकी छ । गौतम बामगठबन्धन र एमाले–माओवादी सूत्रधारमध्येका एक नेता हुन् ।

तत्कालीन बामगठबन्धनको तर्फबाट साझा उम्मेदवारका रूपमा बर्दिया–१ बाट चुनाव लडेका गौतम काँग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका थिए । नेकपाका सचिवालयमा गौतम र नारायणकाजी श्रेष्ठ मात्रै सांसद छैनन् । श्रेष्ठ गोरखा–२ मा बाबुराम भट्टराईसँग पराजित भएका थिए । त्यसपछि नेता गौतमले अन्तर्घातका कारण आफूले चुनाव हार्नुपरेको बताएका थिए । नेता गौतमले यस्तो बताएपछि तत्कालीन एमालेले छानविन समिति पनि बनाएको थियो । तर उक्त समितिको विस्तृत प्रतिवेदन भने बाहिर आएन ।

bamdev-Gautam_namunanews.com

नेकपाका उच्च स्रोतले बताएअनुसार गौतम प्रतिनिधिसभाकै सदस्य बन्नका लागि इच्छुक हुनुमा उनमा प्रधानमन्त्री बन्ने अपेक्षाले पनि काम गरेको छ । मन्त्री हुन राष्ट्रियसभाको सदस्य भए पनि हुन्छ तर प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभाकै सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । ‘भविष्यमा प्रधानमन्त्रीको सम्भावना हुन आफू पनि दौडमा रहन सकियोस् भनेर उहाँले प्रत्यक्ष चुनाव लडेर संसदमा प्रवेश गर्ने मन बनाउनु भएको छ ।’ बामदेव निकट मानिने तत्कालीन एमालेका एक नेताले बताए ।

तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले एक पटक संसदमै तत्कालीन एमालेभित्र आफूले धेरै नेतालाई प्रधानमन्त्री बनाएको, अब शीर्ष नेतामध्ये एक जना रहेको र उनी पनि भविष्यमा प्रधानमन्त्री बन्न सक्ने बताएका थिए । नेता गौतमले पनि आफू भविष्यमा प्रधानमन्त्री बन्न सक्ने बताएका छन् ।