बिमान दुर्घटनामा परि १०० भन्दा बढीको मृत्यु

0
546
namunanews.com

बीबीसी – ल्याटिन अमेरिकी मुलुक क्युबाको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।

‘उड्ने बित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको ‘त्यहांका प्रत्यक्ष दर्शिले बताय।त्यसपछि विमानमा आगो लागेको थियो।तीन जना मात्रै बाँच्न सफल भएका छन् र उनीहरू गम्भीर घाइते छन्। बोइङ ७३७ विमान क्युबाको उत्तरी शहर ओल्गीनतर्फ गइरहेको थियो।

क्युबाको सरकारी कम्पनी क्युबन डे एभिएशनले मेक्सिकन वायुसेवा कम्पनीबाट भाडामा लिएर सञ्चालन गर्दै आएको विमान दुर्घटनामा परेको हो।

मृत्यु हुनेमध्ये ६ जना चालक दलका सदस्य रहेका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन्।