बेत्रावती सडक निर्माण रोकियो

0
253

गेर्खुटार (नुवाकोट) देखि गल्छी–त्रिशूली–मैलुङ सडक खण्डको गेर्खुटारदेखि बेत्रावतीसम्मको सडक निर्माण एक महिनादेखि अवरुद्ध भएको छ  । एक महिनाअघि उक्त सडक खण्डको दायाँबायाँ पर्ने जग्गाको मुआब्जा नदिई सडक किनार खन्न थालेको भन्दै स्थानीयवासीले विरोध जनाएपछि सडक निर्माण अवरुद्ध भएको हो  । यो सडक रसुवागढी देखि स्याफ्रुबेंसी देखि मैलुङ देखि बेत्रावती र त्रिशूली देखि गल्छी हुँदै काठमाडौंसम्म चीनबाट आयात भएका सामग्री ल्याउने बाटो हो । एक महिनाअघि शुभाघाटमा स्थानीय बासिन्दाले सडक किनारमा खनेको खाल्डोमा बसेर सडक निर्माणमा अवरोध गरेका थिए। त्यस बेला प्रहरी परिचालन गरी धरपकड गरिएको थियो ।स्थानीयवासीले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको ढुंगे–बेत्रावती सडक प्रभावित सरोकार समितिले जग्गाधनीको नामावली, जग्गाको क्षेत्रफलअनुसारको मूल्यांकन र छुट जग्गाको पुनर्मूल्यांकन गर्न माग गरेर विरोधमा उत्रेपछि सडक आयोजनाले स्थानीय प्रशासनमार्फत जनप्रतिनिधिसहित स्थानीयलाई धरपकड गरेपछि सडक निर्माणमा अवरोध आएको थियो । उक्त खण्ड ६ किलोमिटर भयको छ । सडक आयोजनाले ढुंगेदेखि बेत्रावती सडक दायाँबायाँ परेका जग्गाको २०७४ साल चैत २३ गते सूचना प्रकाशित गरेर उनीहरूलाई मुआब्जा दिने प्रक्रिया अघि बढाएको छैन ।