belgium vs england_namunanews.com

१५ असार, काठमाडौं । विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को अन्तिम खेलमा इङ्गल्याण्डलाई १–० ले हराउँदै बेल्जियम समूह विजेता बनेको छ ।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा बेल्जियमले निर्णायक गोल गर्‍यो। एड्नान जानुजाले ५१ औं मिनेटमा गोल गर्दै टोलीलाई विजयी बनाए ।

दुवै टोली यसअघि नै नकआउट चरणमा पुगिसकेका थिए । बिहीबार रातिको खेल समूह विजेताको लागि थियो ।

अब नकआउट चरणमा बेल्जियमले जापानसँग र इंग्ल्यान्डले कोलम्बियासँग प्रतिस्पर्धा गर्ने छन् । कोलिम्बया समूह एचको विजेता र जापान उपविजेता हुन् ।