बेल्जियम द्वारा ट्युनिसियामाथि गोलको बर्षात

0
189
namunanews.com

स्पात्राक मस्को रंगशलामा ट्युनिसियालाई ५–२ ले पराजित गर्दै बेल्जियम समूहको शीर्ष स्थानमा जमेर बसेको छ । पहिलो हाफमै ३–१ को अग्रता लिएको बेल्जियमले दोस्रोमा २ गोल थपेको थियो । विश्वकप फुटबलको समूह जी मा बेल्जियमले दोस्रो जित दर्ता गरेको छ ।
असार ९, २०७५ विश्वकप फुटबलको समूह जी मा बेल्जियमले दोस्रो जित दर्ता गरेको हो । स्पात्राक मस्को रंगशलामा ट्युनिसियालाई ५–२ ले पराजित गर्दै बेल्जियम समूहको शीर्ष स्थानमा जमेर बसेको छ ।
पहिलो हाफमै ३–१ को अग्रता लिएको बेल्जियमले दोस्रोमा २ गोल थपेको थियो । इडिन हजार्डले छैटौं मिनेटमा पेनाल्टीमार्फत् बेल्जियन टोलीलाई अग्रता दिलाए । त्यसपछि रोमलु लुकाकुले जारी विश्वकपमा तेस्रो गोल गर्दै बेल्जियमलाई २–० ले अघि बढाए । खेलको १८ औं मिनेटमा ट्युनिसियाका ब्रोनले हेडरमार्फत् गोल गर्दै टिमलाई खेलमा फर्काए । पहिलो हाफको इन्जुरी समयमा विश्वकपको व्यक्तिगत चौथो गोल गर्दै लुकाकुले टिमलाई ३–१ ले अघि बढाए । यसअघि पानामाविरुद्धको खेलमा बेल्जियम ३–० ले विजयी हुँदा लुकाकुले २ गोल आफ्नो नाम लेखाएका थिए । हाजार्डले ५१ औं मिनेटमा दोस्रो गोल गरे र बेल्जियम ४–१ ले अघि बढ्यो । खेलको ९० औं मिनेटमा मिखी बात्सुआईले गोल गरेपछि बेल्जियमले ५–१ को अग्रता बनायो । तर, ट्युनिसियाका वाहबी खाज्रीले ९० औं मिनेटमा गोल गरेर अन्तर ५–२ मा पुर्‍याए ।
आजको हारसँगै ट्युनिसियाको अघिल्लो चरण प्रवेशको गणितीय सम्भावनामात्रै बाँकी छ । यो समूहमा भोलि इङल्याण्ड र पानामा भिड्दैछन् । यी दुईको नतिजाले ट्युनिसियाको भाग्य निर्धारण गर्नेछ ।