बेहोसी यात्रुमाथि दुरब्यवहार

0
326

बुधबार बिहानै बाबु गोपाललाई लिएर स्कुटरमा चावहिलको मेडिकेयर अस्पताल पुगेका थिए । ईसीजी गरेपछि अस्पतालले उनलाई घर पठाइदियो । अस्पतालमा निस्केर चिया पिएपछि झण्डै साढे ११ बजेतिर उनले बुबालाई ट्याक्सी चढाएर आफू घरतिर हिँडेका थिए ।धुलो धुँवाले भरिएको बाटोमा स्कुटरमा फर्किंदा गाह्रो होला भनेर उनले बुबालाई ट्याक्सी चढाइदिएर आफू स्कुटरमा फर्किएका थिए। घर पुगेको धेरैबेरसम्म बुबा नआइपुगेपछि उनको मनमा चिसो भयो । त्यही बेला उनले नचिनेको नम्बरबाट फोन आयो। उनि हतारिँदै चावहिलकै हेल्पिङ ह्याण्डस अस्पताल पुगे। त्यसपछि उनलाई थाह भयो, सकुशल घर फर्किन ट्याक्सी चढेका बाबु कहिल्यै नर्फकिने गरी मृत्युशैय्यामा लडिसकेछन्। सबैसँग सोधपुछ गरेपछि उनले सोच्दै नसोचेको घटनाको विवरण थाहा पाए। ट्याक्सीको अघिल्लो सिटमा बसेका गोपाललाई अलिकति अगाडि बढ्ने बित्तिकै केही असहज महसुस भएछ। उनी बुरुक्क उफ्रिएजस्तो गरेछन् र बेहोस भएछन्। ट्याक्सी चालकले सामान्य मानवीयता पनि नदेखाई गोपाललाई लतार्दै अघिल्लो सिटबाट धुले भुईंमा खसालेर आफ्नो बाटो लागे। सडक छेउको धुलोमा लडिरहेका मान्छे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे। अनि तुरुन्तै प्रहरीले गोपाललाई हेल्पिङ ह्याण्डस् अस्पताल पु‍‍रायो । सडक छेउको धुलोमा लडिरहेका मान्छे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे। अनि तुरुन्तै प्रहरीले गोपाललाई हेल्पिङ ह्याण्डस् अस्पताल पु‍‍र्‌यायाे । मृतक परिवारले मंगलबार नै घटनाबारे महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएसँगै प्रहरीले ट्याक्सी चालकको खोजी गरेको थियो। गौशाला वृत्तका अनुसार हेल्पिङ हयाण्डस् अस्पतालको सीसीटिभी फुटेजमा गोपाल चढेको ट्याक्सी र गोपाल बेहास भएपछि बाहिर लतार्दै निकालेको दृश्य कैद भएको छ। सीसीटिभी फुटेजमा ट्याक्सीको नम्बरप्लेट प्रस्ट नदेखिएपछि प्रहरीले महानगरीय ट्राफिक प्रहरी कार्यालयको सहयोग लिएको थियो।