बैंकहरुले दिए सहुलियतमा ऋण,मानिसहरु घरमा भन्दा अपार्टमेन्टतिर आकर्सित

0
120
namunanews.com

पछिल्लो समयको बढ्दो व्यस्थताका कारण आम मानिसहरु आफैले भन्दा पनि आफूले चाहेको डिजाइनमा तयारी अवस्थाको घर तथा अपार्टमेन्ट खरिद गर्न चाहने एक्स्पोमा लागेको भीडले पनि प्रष्ट पार्छ ।असार १ गतेदेखि शुरु भएको प्रोपर्टी एक्स्पोमा बुकिङ गर्नेले ३७ लाख मै अपार्टमेन्ट पाउनेछ । एक्स्पोको आज अन्तिम दिन हो । प्रोपर्टी एक्स्पोका संयोजक विपिन चित्रकारले अघिल्ला बर्ष भन्दा यस बर्ष अपार्टमेन्टमा मानिसहरुको बढी आकर्षण रहेको बताएका छन् । उनले अहिलेसम्म ५० भन्दा बढी हाउजिङ बुकिङ भइसकेको जनाएका छन् । हाउजिङ तथा अपार्टमेन्टमा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ ।आज मेलाको चौथो दिनसम्म ६० हजारले मेला भ्रमण गरिसकेका मेला संयोजक चित्रकारले बताए ।

हात्तीबनमा रहेको क्लासिक टावरले पनि मेलामा बुकिङ गर्नेलाई ३ प्रतिशत नगद छुट दिएको छ ।सिभिल होम्सको ४ दिनमा १४ वटा घर तथा अपार्टमेन्ट बुकिङ भइसकेको छ ।सिभिल होम्सका घर तथा अपार्टमेन्ट बुकिङ गर्नेले सोही ठाउँमा बुकिङका लागि १० प्रतिशत रकम भुक्तानी गर्नुपर्छ ।
यस्तै पद्मा कोलोनीले पनि मेलामा बुकिङ गर्नेलाई ५ प्रतिशत नगद छुट दिएको छ । तर, यसले ४० प्रतिशत रकम एक महिनाभित्र तिर्नुपर्ने प्रावधान राखेको छ । डाउन टाउनले पनि एक्स्पोमा बुकिङ गर्नेलाई ३ प्रतिशत नगद छुट दिएको छ भने फर्निसिङ पुर्ण भएको घर पनि उपलब्ध गराएको छ । डाउन टाउन रेसिडेन्सीमा ३ प्रतिशत नगद छुट भएपनि अपार्टमेन्टमा भने ५ प्रतिशत छुट दिएको छ ।
बैंकहरुले पनि सर्वसाधारणको आफ्नै घर तथा अपार्टमेन्ट बनाउने सपना पुरा गरिदिन सहुलियत ब्याजदरमा घर कर्जा उपलब्ध गराइरहेका छन् ।एभरेष्ट बैंकले १०.३३ प्रतिशत देखि १०.८३ प्रतिशतसम्ममा घर कर्जा उपलब्ध गराउने जनाएका छन् ।” ५ वर्षको लागि लिएको ऋणका लागि १०.३३ प्रतिशत ब्याज र १५ वर्ष भन्दा बढी अवधिका लागि लिएको ऋणका लागि १०.८३ प्रतिशतसम्म ब्याज लाग्ने” एभरेष्ट बैंकका प्रतिनीधि निरज श्रेष्ठले बताय । उनले यो अफर असार १५ गतेसम्म रहने बताए । यसले प्रोसेसिङ चार्ज भने ०.७५ प्रतिशत लिने कुरा पनि श्रेष्ठले बताय ।

सनराइज बैंकले भने साढे १३ प्रतिशतमा घर कर्जा दिइरहेको बतायको छ । सुरक्षित घर कर्जा योजना अन्र्तगत सेवा चार्ज भनेर ०.७५ प्रतिशत लिनेछ । सनराईज बैंकको बेस रेट अहिले १२.३६ प्रतिशत छ तथा ५ देखि ३५ वर्षसम्मको अवधिको घरकर्जा रहेको छ। एनएमबी बैंकले भने १३ प्रतिशत ब्याजदरमा होमलोन उपलब्ध हुने बतायको छ ।