ब्राजिलमा हराउदै बिश्वकपको चहलपहल

0
191
namunanews.com

फुटबल टीम भन्ने बितिकै ब्राजिल र विश्वकप पनि ब्राजिलकै भन्नेहरुको संख्या नेपालमा धेरै छन् । त्यसो त फुटबलको सर्वोच्च पुरस्कार सर्वाधिक ५ पटक जित्ने राष्ट्रका लागि त्यसो भनिनु पनि सोभाबिक नै हो । तर, ब्रजिलीको आफ्नै देशमा भने यसपटक विश्वकपको रन्को छैन ।

पहिला पहिला विश्वकप शुरु हुनुअघि नै ब्राजिलका भित्ताहरु पहेंलो र हरियो रंगले लतपतिसकेका हुन्थे । शहरका विभिन्न स्थानमा भीमकाय स्कृनहरु टाँगिन्थे विश्वकप हेर्नका लागि । यसै महिनामात्र डाटाफोलाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५३ प्रतिशत ब्राजिलीले विश्वकपप्रति रुचि नभएको बताएका छन् । यो अहिलेसम्म्कै सबैभन्दा बढी प्रतिशत हो । सन् १९९४ मा पहिलोपटक गरिएको सर्वेक्षणमा पनि विश्वकप फुटबलबारे तपाईं कतिको रुचि राखनुहुन्छ भन्ने सोधिएको थियो । तर, पछिल्लो ४ वर्षपछि अवस्था निकै फरक हुन थालेको छ । यसपटक ब्राजिलमा त्यस्तो कुनै तामझाम गरिएको छैन । ४ दशक पुरानो शैली र परम्पराले ब्राजिलमा योपटक निरन्तरता पाएको छैन । ब्राजिलमा छाएको तीन वर्ष यताको आर्थिक मन्दी, मुलुकमा भड्किएको हिंसा र आगामी अक्टुबरमा हुँदै गरेको राष्ट्रपतीय निर्वाचनले राजनीति गरम बनाएकाले पनि फुटबल छाँयामा पर्न थालेको हो ।