भक्तपुरमा अबिरल वर्षाको कारणले गर्दा पहिरो परि ३ जनाको मृत्यु र उक्त मृतको परिवारलाइ परिवारलाई १ लाखको दरले राहत दिइने

0
188
dead body of leady_namunanews.com

२८ असार, काठमाडौं । उनीहरु भूकम्प पीडित हुन् । उनीहरु बस्दै आएको अस्थायी टहरो भत्किएर च्यापिएका थिए । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेर टहरो पुरिँदा मृत्यु भएका उक्त ३ जनाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत दिइने भएको छ ।

जिल्ला विपद् व्यवस्थापना समितिबाट चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा आएको पहिरोले ज्यान गुमाएका ३ जनालाई राहत दिइने भएको हो।उक्त पहिरोमा परि ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो ।

यसैबीच, गृह मन्त्रालयका अनुसार बाढी तथा पहिरोमा परेर बिहीबारसम्म ५६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् । त्यस्तै, ३७ जना घाइते रहेको बताइएको छ । यसअघि पहिरोले एकैपरिवारका ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया लामा र साढे दुई वर्षीया सम्पदा लामाको मृत्यु भएको थियो ।
बाढी तथा पहिरो प्रभावितहरुलाई सम्बन्धित जिल्लाको प्रशासन कार्यालयमार्फत राहत वितरण गर्ने काम भइरहेको गृहले जनाएको छ ।