भक्तपुर बाट ४४३ जनामा मिर्गौला प्रत्यारोपण सफल

0
623
namunanews.com

भक्तपुर स्थित शहिद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र बाट पाँच वर्षको अवधिमा ४ सय ४३ जना बिरामिको मिर्गौला प्रत्यारोपण गरिएको छ । २०६९ साल वैशाखदेखि सेवा सुरु गरेको केन्द्रले ३ सय ४४ पुरुष र ९७ महिलामा मिर्गौला प्रत्यारोपण गरेको हो । करिब दुई जनाको लागि भने मस्तिष्क को रोगबाट मृत्यु भएको शरीरबाट मिर्गौला दान गरि मिर्गौला पाएको केन्द्रले जनाएको छ ।केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार गतवर्ष १ सय ५३ जनाको नि:शुल्क मिर्गौला प्रत्यारोपण गरेको बताउनुभयो ।

जेष्ठ २, २०७५ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले पाँच वर्षको अवधिमा ४ सय ४३ जनामा मिर्गौला प्रत्यारोपण गरिएको छ । २०६९ साल वैशाखदेखि सेवा सुरु गरेको केन्द्रले ३ सय ४४ पुरुष र ९७ महिलामा मिर्गौला प्रत्यारोपण गरेको छ । दुई जनाले भने मस्तिष्क मृत्यु भएको शरीरबाट मिर्गौला पाएको केन्द्रले जनाएको छ ।केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार गतवर्ष १ सय ५३ जनाको नि:शुल्क मिर्गौला प्रत्यारोपण गरेको बताउनुभयो ।

नेपाल सरकारले गतवर्षदेखि मिर्गौलाको प्रत्यारोपण सेवा नि:शुल्क गर्ने निर्णय गरेको थियो । ४ सय ६० जनाको लागि मिर्गौला र १० जनाको लागि कलेजो प्रत्यारोणका लागि दाताको पखाईमा रहेको केन्द्रको तथ्याङ्क छ ।
अहिलेसम्मको तथ्याङ्क हेर्दा मिर्गौलाको दान गर्नेमा महिला र लिनेमा पुरुषको संख्या धेरै हुने गरेको श्रेष्ठले बताउनुभयो ।