भदौ ८ गते रिलिज हुने ‘नाई नभन्नु ल ५’को सुटिङ्ग सुरु

0
205
namuna_nai_5

चलचित्र ‘नाई नभन्नु ल ५’को छायांकन सुरु गरिएको छ । झापाको विर्तामोडबाट चलचित्रको छायांकन सुरु गरिएको हो । पहिलो दिनमा चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का र अभिषेक नेपालले सट दिएका छन् ।

कान्तिपुर फिल्म एकेडेमीमा अध्ययनरत अभिषेक निर्देशक आचार्यको नजरमा परेपछि यो चलचित्रबाट डेब्यू गर्दैछन् । यस्तै, यो चलचित्रबाट बाल–कलाकार सेड्रिना शर्मालाई पनि लन्च गरिएको छ । यो चलचित्रमा उनी अर्का बाल–कलाकार अनुभव रेग्मीको जोडीको रुपमा देखिनेछिन् ।

विर्तामोडमा ३ दिन, इलाममा २५ दिन र काठमाण्डौमा एक साता यो चलचित्र खिचिनेछ । निर्देशक आचार्यले चलचित्रको प्रस्तुतिमा आफूहरुले धेरै नै मिहिनेत गरेको बताएका छन् । यो चलचित्रमा प्रियंका कार्की, दिलिप रायमाझी, केकी अधिकारीको पनि मुख्य भूमिका छ । चलचित्र ‘नाई नभन्नुल ३’मा नै केकीलाई अभिनय गराउने सोच बनाएका निर्देशकले यसपटक बल्ल जुरेको बताए ।

विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन छ भने बसन्त सापकोटाले संगीत भरेका छन् । भदौ ८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।