भियतनामसँग नेपाल २–० ले पराजित

0
138
football.namunanews.com

पहिलो खेलमा नेपाल गत मङ्गलबार जापानसँग १–० ले पराजित भएको थियो ।
स्थानीय विभाहा मुक्ति रङ्गशालामा बिहीबार साँझ सम्पन्न खेलमा भियतनामका लागि एन न्युजेमले खेलको ३०औँ मिनटेमा गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यस्तै ६२औँ मिनेटमा भान डक फानले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा दुवैतर्फबाट गोल भएन र खेल भियतनामले जत्यो ।
समूह ‘डी’ मा रहेको नेपालले समूहचरणको अन्तिम खेल आगामी आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको छ । यस प्रतियोगिताको औपचारिक उद्घाटन भने भदौ २ गते हुँदैछ ।