भूकम्प प्रभावित क्षेत्रको निरीक्षणका लागि गएको हेलिकप्टर दुर्घटना,चौध जनाको मृत्यु

0
513
mexico_namunanews

मेक्सिकोमा भूकम्प प्रभावित क्षेत्रको निरीक्षणका लागि गएको हेलिकप्टर दुर्घटना हुँदा चौध जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएका छन् । हेलिकप्टरमै रहेका मेक्सिकोका गृहमन्त्री र दक्षिणी क्षेत्र ओसाकाका गभर्नरलाई भन्ने सामान्य चोटपटक मात्रै लागेको छ । पाइलटले नियन्त्रण गुमाउँदा हेलिकप्टर दुर्घटना भएको बताइएको छ ।

मेक्सिकोमा शनिवार सात दशमलव दुई म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा दुई जनाको मृत्यु भएको थियो भने थुप्रैं घर ध्वस्त भएका थिए । यसअघि गत सेप्टेम्बर महिनामा आएको भूकम्पमा झण्डै चार सय जनाको मृत्यु भएको थियो ।