पछिल्लो समयमा युवा पुस्ताका मनमा बस्न सफल नायक प्रदीप खड्का स्क्रिप्ट र टिम राम्रोसँग चयन नगरी अगाडि बढ्दा भोलि करियरमा आउनसक्ने अप्ठ्याराहरूलाई दूरदर्शी रुपमा अवलोकन गर्दै कस्तो स्क्रिप्ट र कस्तो टिमसँग काम गर्ने भन्ने विषयमा गम्भीर देखिन्छन् | पछिल्लो समयमा प्रदर्शनमा आएको लिलिबिली ले सोचेजस्तो व्यापार गर्न सकेन तर जे जति मिल्यो प्रदिप खड्का को पक्षमा रह्यो | सहरी क्षेत्रका युवापुस्तामा उनको क्रेज देखियो | कतिपय कलाकारहरुलाई फिल्म नपाएर धौ-धौ भैरहेको अवस्थामा प्रदीपलाई भने कुन छान्ने कुन टिमसँग काम गर्ने भन्ने चिन्ता परिरहेको | अहिलेको समयमा नायक प्रदीप रोजीको छायांकनमा व्यस्त हुने कुरा बाहिरिएको छ | अन्य धेरै ब्यानरहरुले अफर गरिरहेका छन् तर कसको फिल्म खेल्ने ?