आज मन्त्रिपरिषद् पुनर्गठन

0
235
government of nepal_namunanews.com

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । संसद विघटनपछि सात मन्त्रालय रिक्त छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ८ जना नयाँ मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। विस्तारित मन्त्रिपरिषदमा पूर्व माओवादी र एमालेतर्फबाट मिलाएर मन्त्री बनाउन लागेको हो।

पूर्व माओवादीबाट टोपवहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा लामा मन्त्री हुँदैछन्।

त्यस्तै पूर्व एमालेबाट प्रेम आले, विमला विक र गणेश ठगुन्ना मन्त्री हुन लागेको वालुवाटार निकट स्रोतले जानकारी दिएको छ। 

केही मन्त्रीको कार्यविभाजन भए पनि केहीको बाँकी रहेको प्रधानमन्त्रीनिकट एक स्थायी समिति सदस्यले सेतोपाटीलाई बताए।

‘प्रधानमन्त्रीले आज मन्त्रिपरिषदको पुनर्गठन गर्दै हुनुहुन्छ। ७/८ जना मन्त्री थप्ने उहाँको तयारी छ’, ती स्थायी कमिटी सदस्यले भने, ‘केही मन्त्रीहरूको नाम अझै पनि तलमाथि हुन सक्नेछ।’

नवनियुक्त मन्त्रीहरूको सपथ आजै राष्ट्रपति कार्यालयमा हुनेछ।

कार्यविभाजन

  • टोपवहादुर रायमाझी – उर्जा मन्त्री
  • प्रभु साह – श्रम मन्त्री
  • मणि थापा – पर्यटन मन्त्री
  • गौरीशंकर चौधरी – शिक्षा मन्त्री
  • दावा लामा – खानेपानी तथा सरसफाइ मन्त्री
  • विमला विक – मन्त्री
  • प्रेम आले – मन्त्री
  • गणेश ठगुन्ना – मन्त्री