namunanews.com

किरण बाबु , बेल्कोटगढी नगरपालिकालाई जनताको आवाज✋✋

मरिसकेका मानिसका नाममा बर्षौ देखि भत्ता लिदै नुवाकोटका कर्मचारी
नुवाकोटको तत्कालीन कुमरी गाविस हालको वेलकोटगढी नगरपालिकाको २ होमनाथ तिमील्सीनाको २०६७ सालमा नै निधन भएको थियो । तर उनको नाममा आर्थिक वर्ष २०७३/७४ सम्म पनि वृद्ध भत्ता भक्तानी भैरहेको छ । मृतक आफन्तको नाममा न परीवारले पैसा लिएका छन् न पैसा राज्य कोष मै छ ।
यस्तै सोही स्थानकी हरीप्रिया तिमील्सीनाको ४ बर्ष अघि नै निधन भएको थियो, तर अहिलेसम्म पनि उनको नाममा सुरक्षा भत्ता भुक्तानी भएको छ ।
मृतक आमाको नाममा भत्ता भुक्तनी भएको भन्दा उनकी छोरा अच्चम मान्छीन् । यस्तै कौशीला कुमारी तिमील्सीनाको पनि २०७३ सालमा नै निधन भैसकेको थियो तर उनको नाममा समेत अहिलेसम्म सुरक्षा भत्ता भुक्तानी भैरहेको छ । अझ उनको नाम र नागरिक्ता नम्बर प्रयोग गरेर २ जना व्यक्तिलाई भत्ता भुक्तानी भैरहेको छ ।
तत्कालीन कुमरी गाविस ९ खनायाखर्ककी पदमकुमारी तिमील्सीनाको १८ बर्ष अघि ७० बर्षको उमेरमा निधन भएको थियो । उनका परीवारले मृत्यु दर्ताको लागि उनको नागरिकता गाविसका तत्कालीन कार्यालय सहयोगी रमेश न्यौपानेलाई दिएका थिए ।

उनि हाल वेलकोटगढि नगरपालिका २ का वडा अध्यक्ष छन् । केही समयपछि मृत्युदर्ता भैसकेको भन्दै नागरिकता फिर्ता गरेपनि मृत्युदर्ताको प्रमाणपत्र भने परीवारले पाएन । तर अहिले सोही विवरण भएको व्यक्तिको नाममा वृद्धाभत्ता भक्तानी भैरहेको छ ।
सोही स्थानका रामबहादुर सुनुवार शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति हुन् । उनले २०५६ सालमा ३ महिना मात्रै भत्ता पाए तर त्यसपछि अहिलेसम्म पाएका छैनन् । तत्कालीन गाविस सचिवदेखि अहिलेका वडा अध्यक्षले समेत हुन्छ हुन्छ भन्दै टारीरहेका छन् ।
यस्तै सुभ्रदा पौडेल तिमील्सीनाको अवस्था पनि उस्तै छ । उनले समेत राज्यले शारीरिक अपाङगता भएका व्यक्तिलाई दिने सुविधाको देख्न पाएकी छैनन् ।

यसरी मृतकको नाममा सामाजिक सुरक्षा भत्ता भुक्तानी भैरहेको छ तर जिवित व्यक्तिले पाउनु पर्ने सुविधा पाएका छैनन ।
यो बिषयमा २०६६ साल देखि ७३ सालसम्म कुमरी गाविसमा सचिवको जिम्मेवारी समालेका तत्कालीन गाविस सचिव नारायण आचार्य र ईश्वर घिमिरेले सामाजिक सुरक्षा भत्ताको सम्पुर्ण जिम्मेवार तत्कालीन कार्यालय सहायक तथा हालका २ न वडा अध्यक्ष रमेश न्यौपानेलाइ्र्र दिएको दाबी गर्छन् ।
बेल्कोटगढी नगरपालिकालाई जनताको आवाज ।।।।