कोलम्बिया लागु औषध तस्करीको सुचिमा दिनानु दिन बदनाम बन्दै आएको छ। त्यहाँ हरेक वर्ष लागु औषधका तस्करहरु बढीरहेका छन् । तर सोब्रा नामको एउटा कुकुरले लागु औषध तस्करलाई कडा चुनौति दिदै उनिहरुको काममा धेरैनै हानि पुर्याउदै आएको छ ।

कुकुरले २ वर्षमा झण्डै ६८ करोडभन्दा बढी रुपैयाँ बराबरको लागु औषध पक्राउ गर्नमा सहयोग गरेको छ ।

तस्करले आफ्नो समूहमा यो कुकुरलाई जिउदै अथवा मारेर ल्याउनेलाई ८० लाख रकम इनाम दिइने सन्देश पठाएका छन् ।उनिहरुको काममा चुनौति आएकै कारण तस्करहरुले यो कुकुरका लागि ८० लाख रुपैयाँ बराबरको मुल्य तोकेका छन् । कोलम्बियाको प्रहरीले पनि तस्करले पठाएको यो सन्देशका बारेमा ट्वीट गरेको छ ।

Policía Antinarcóticos

Verified account

@PoliciaAntiNar
Follow Follow @PoliciaAntiNar
More
Nuestro can “Sombra” fue la mejor durante los entrenamientos en detección de drogas ilícitas, en los últimos tres años se convirtió en el tormento de “Otoniel” incautandole 9 toneladas de cocaína #ConozcaMás a “Sombra” en el desfile #20DeJulio #COLOMBIAunasolaFuerzasobrodog.namunanews.com

पहिलोपटक सोब्राले २०१६ मा आफ्नो क्षमता देखाएको थियो । त्यसपछि यो कुकुरलाई एउटा अनुसन्धानका लागि केराको बाकसमा गुप्त तरिकाले राखिएको थियो ।
केराको बाकसबाट सोब्राले त्यहाँ लुकाएर राखेको २ हजार ९ सय ५८ किलो कोकिन बरामद गर्न सहयोग गरेको थियो । केराको भित्र कोकिनले भरिएको सो बाकस कोलम्बिया हुदै बेल्जियम पठाउन लागिएको थियो ।

त्यस्तै २०१७ मा पनि यहि कुकुरले बेल्जियम पठाउन लागिएको १.१ टन कोकीन पनि बरामद गर्न सहयोग गर्‍यो । गएको जुनमा पनि यहि कुकुरको सहयोगमा प्रहरी ५.३ टन कोनीन बरामद गर्न सफल भयो ।

सो कुकुरको लागि २ जना बन्दुक धारि सेक्युरिटि खटिएका छन ।सथै कोलम्बिया विमानस्थलको सुरक्षाका लागि ६ घण्टा खटाइने गरियको तथ्य बाहिर आएको छ