मुम्बईले चेन्नईलाई ८ विकेटले हरायो

0
138
mumbai_namunanews.com

काठमाडौं, वैशाख १६— इण्डियन प्रिमियर लिग (आईपीएल) मा शीर्ष स्थानको चेन्नाई सुपरकिंग्सलाई पुछारबाट तेस्रो स्थानको मुम्बई इण्डियन्सले ८ विकेटले हराएको छ । यो जितसँगै मुम्बई एक स्थान माथि उक्लिँदै छैटौं स्थानमा पुगेको छ ।

शनिबार राति भएको खेलमा रोहित शर्माले उत्कृष्ट ब्याटिङ गरेपछि चेन्नई मुम्बईसँग ८ विकेटले पराजित भयो । मुम्बईको भने यो दोस्रो जित हो ।

चेन्नईले दिएको १७० रनको लक्ष्य मुम्बईले १९.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईलाई जित दिलाउनका लागि रोहित शर्माले ५६ रनको कप्तानी पारी खेले । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए । यस्तै ओपनर सूर्यकुमार यादवले ३४ बलमा ४४ रन बनाए भने इभिन लुइसले पनि ४३ बलमा ४७ रन जोडे ।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले ७५ रनको योगदान दिएका थिए । यस्तै अम्बाती रायडुले ४६ रन बनाए भन महेन्द्रसिंह धोनीले पनि २६ रन बनाए । बलिङ तर्फ मिचेल म्याकलेनाघन र क्रुनाल पाण्डेले २–२ विकेट लिएका थिए ।

चेन्नई १० अंक सहित हैदराबाद र पञ्जाबसँगै संयुक्त रुपमा आईपीएल तालिकाको शीर्ष स्थानमा छ भने मुम्बईले ४ अंक जोडेको छ ।